हाम्रो यो संस्था (लक्ष्मीबृद्धि स्वाबलम्बी महिला बचत तथा ऋण सहकारी संस्था लि.) काठमाण्डौ बुढानिलकण्ठ – ३ मा खासगरी स्थानिय स्तरमा महिला दिदी बहिनीहरुको सशक्तिकरण र आर्थिकरुपले सुदृढिकरण गर्ने उद्धेश्यले २०६२ सालमा महिलाहरुको सानो समुह संगठित भई– मासिक रु.१०० (एक सय) जम्मा गरेर अघि बढ्ने क्रममा मिति २०६७ साल असोज महिनामा जिल्ला सहकारी बिभाग काठमाण्डौमा दर्ता भई संचालनमा आएको हो । यो संस्थाले ११ औं बर्ष पार गरि सक्दा यस अबधिमा सेयर सदस्य दिदी बहिनीहरुको आर्थिक जिवनस्तर उकास्ने काममा अग्रणी भुमिका खेलेको छ । यसका अतिरिक्त सेयर सदस्यहरुमा सामुहिक भावनाको बिकास जगाउने खालको कार्यक्रमहरुलाई निरन्तरता, जेष्ठ नागरिकको सम्मान, मन्दिर सरसफाई अनि बिशेष पुजाहरुमा सहभागिता, स्थानिय युवाक्लबहरुले संचालन गर्ने बिभिन्न सामुदायीक कार्यक्रमहरुमा आर्थिक सहयोग सहितको हातेमालो र अति गरिव परिवारहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ । महिला दिदी बहिनीहरु मात्र कर्मचारी रहेको यस संस्थाले नगरपालिका र राष्ट्रिय सहकारी बैंकद्धारा संचालित बिभिन्न तालिम तथा गोष्ठिहरुबाट थप ज्ञान हांसिल गरी आफुलाई समयानुकुल बनाउंदै र प्रबिधिलाई अबलम्बन गर्दै चुस्त-दुरुस्तरुपमा कार्यालय संचालनमा ल्याएको अबस्था छ । सहकारी संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी बैंक लि. काठमाण्डौ र काठमाण्डौं बचत तथा ऋण सहकारी संस्था लि. (कास्कून) को सेयर सदस्य रहि सो संस्थाहरुसंग समेत सहकार्य भई आईरहेको छ ।
उद्देश्य
सक्षम तथा जीबनस्तर उकास्न संस्थाका सदस्यहरुमा बचत गर्ने बानिको बिकास गर्ने ।
सदस्यहरुवाट निक्षेप प्राप्त गर्ने र निक्षेपमा सान्दर्भिक व्याज दिईने ।
सदस्यहरुलाई उत्पादनशिल, आयमुलक र शिपमुलक हुन उत्प्रेरीत गरी आत्म निर्भरतालाई बढावा दिन आय आर्जनका परियोजनाहरु संचालन गर्ने ।
आपसमा सामुहिक भावनाको बिकास गर्दै आर्थिकरुपले बिपन्न सेयर सदस्यहरुलाई आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पुर्याउने ।
सामुदायीक कार्यक्रमहरुको संचालन, सहयोग तथा सहभागीता हुने ।
संस्थालाई समुदायमा आधिरित दिगो तथा सक्षम, उत्कृष्ट वित्तीय महिला सहकारीको रुपमा बिकाश गर्ने ।
ध्येय (MISSION)
” सहकारी सिद्धान्त अनुसार बचत तथा ॠण परिचालनको माध्यमबाट समयानुकुल उच्चस्तरीय सेवा र सहजिकरण प्रदान गर्दै महिला दिदी बहिनीहरुलाई सक्षम बनाउने ।“
परिकल्पना (Vision)
“समुदायमा आधारित सहयोगी, दिगो, विश्वासिलो र उत्कृष्ट सहकारी संस्था”

Support during Covid
Distribution of few necessary equipments during the difficult time of Covid by Laxmi Briddim Sacos

Blood Donation
Blood Donation Program conducted by members of Laxmi Briddim Sacos

Teej Special
Teej celebration with all the members of Organization

Cleanliness Campaign
Cleanliness Campaign held by LaxmiBriddi Organixation

Donation Programmeds
Charity programs held by LaxmiBriddhi Organization