Laxmi Briddi Swabalambi Mahila Saving and Credit Co-operative Ltd

हाम्रो परिकल्पना

“समुदायमा आधारित सहयोगी, दिगो, विश्वासिलो र उत्कृष्ट सहकारी संस्था”

Invest Today for a better tomorrow!

“सहकारीको बिकास सँगै सामाजिक बिकास मा समर्पित”
Saving Plans

Fixed Deposit

Laxmi Briddi Savings Account lets you access our Fixed deposit which allows you to invest your money with the certainty of a fixed interest rate and a choice of terms.

Read More

Normal Saving

Laxmi Briddi Savings Account lets you access a standard saving account. Any individual(single/joint) can open this account with minimum balance

 

Read More

Loans

Laxmi Briddi Savings Account offers you personal, business, livestock, vehicle or educational loans.

Read More

Child Saving

Laxmi Briddi Savings Account gives the provision to child savings account especially intended for children under 18.

 

Read More

Welcome to LaxmiBriddhim Saccos

यो संस्थाले ११  औं बर्ष पार गरि सक्दा यस अबधिमा सेयर सदस्य दिदी बहिनीहरुको आर्थिक जिवनस्तर उकास्ने काममा अग्रणी भुमिका खेलेको छ । यसका अतिरिक्त सेयर सदस्यहरुमा सामुहिक भावनाको बिकास जगाउने खालको कार्यक्रमहरुलाई निरन्तरता, जेष्ठ नागरिकको सम्मान, मन्दिर सरसफाई अनि बिशेष पुजाहरुमा सहभागिता, स्थानिय युवाक्लबहरुले संचालन गर्ने बिभिन्न सामुदायीक कार्यक्रमहरुमा आर्थिक सहयोग सहितको हातेमालो र अति गरिव परिवारहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ । महिला दिदी बहिनीहरु मात्र कर्मचारी रहेको यस संस्थाले नगरपालिका र राष्ट्रिय सहकारी बैंकद्धारा संचालित बिभिन्न तालिम तथा गोष्ठिहरुबाट थप ज्ञान हांसिल गरी आफुलाई समयानुकुल बनाउंदै र प्रबिधिलाई अबलम्बन गर्दै चुस्त-दुरुस्तरुपमा कार्यालय संचालनमा ल्याएको अबस्था छ । 

Our Objective

  • सक्षम तथा जीबनस्तर उकास्न संस्थाका सदस्यहरुमा बचत गर्ने बानिको बिकास गर्ने ।
  • सदस्यहरुवाट निक्षेप प्राप्त गर्ने र निक्षेपमा सान्दर्भिक व्याज दिईने ।
  • सदस्यहरुलाई उत्पादनशिल, आयमुलक र शिपमुलक हुन उत्प्रेरीत गरी आत्म निर्भरतालाई बढावा दिन आय आर्जनका परियोजनाहरु संचालन गर्ने ।
  • आपसमा सामुहिक भावनाको बिकास गर्दै आर्थिकरुपले बिपन्न सेयर सदस्यहरुलाई आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पुर्याउने ।
  • सामुदायीक कार्यक्रमहरुको संचालन, सहयोग तथा सहभागीता हुने ।
  • संस्थालाई समुदायमा आधिरित दिगो तथा सक्षम, उत्कृष्ट वित्तीय महिला सहकारीको रुपमा बिकाश गर्ने ।

Our Team Members

Sumitra Tamang

Chairperson

Gayatri Rana Luitel

Vice Chairperson

Durga Nepal

Treasurer

Sushila Tamang Lama

Secretary

Junu Ghale

Manager

Bina Rana

Team Member

Sabitri Adhikari

Team Member

Til Kumari Rana

Team Member

Nirmala Dhital

Team Member

Indira Aryal

Team Member

Shanta Poudel

Team Member

Message From Our Chairperson

नमस्कार!! सर्वप्रथम म यहाँहरूलाई लक्ष्मीबृद्धि स्वाबलम्बी महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको यस अफिसियल साइट (Official Site) मा हार्दिक स्वागत गर्दछु। यो संस्थाले आफ्नो स्थापनाकाल देखि नै महिला दिदी बहिनीहरुलाई सक्षम तथा उनिहरुको जीबनस्तर उकास्न बचत गर्ने बानिको बिकास गर्ने, उत्पादनशिल, आयमुलक र शिपमुलक हुन उत्प्रेरीत गर्दै आत्म निर्भरतालाई बढावा दिने, आपसमा सामुहिक भावनाको बिकास गर्दै आर्थिकरुपले बिपन्न सेयर सदस्यहरुलाई आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पुर्याउने, जेष्ठ नागरिकहरुको सम्मान गर्ने, सामुदायीक कार्यक्रमहरुको संचालन, सहयोग तथा सहभागिता हुने जस्ता गतिबिधिहरुलाई निरन्तरता दिंदै आएको छ । उल्लेखित निर्दिष्ट उद्धेश्यहरु प्राप्तिका लागी यो संस्थाले सदैव सहकारी ऐन, नीति, निर्देशिका, मापदण्डको पुर्णरुपमा पालना गर्दै आएको ब्यहोरा समेत यहांहरुमा स-गर्व अवगत गराउंदछु । यसमा सम्बन्धित सबैको साथ र सहयोग प्राप्त भएको र भबिष्यमा पनि रहने छ भन्ने पुर्णरुपमा बिश्वास लिएको छु । धन्यवाद !

Sumitra Tamang

Chairperson

Address

Location: Near Budhanilkantha Temple(Infront backdoor of temple)
City: Kathmandu

Open Hours

day : Sunday - Friday
Time : 10.00am - 5:00pm
Phone : 01-4378694

Find Us On